पप्पुसँगको सम्झौता तोडिएपछि सिक्टा सिंचाइ आयोजनाको काम रोकियो

 मंसिर १२, २०७५ बुधबार १६:२२:१३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना डेढ वर्षमा पनि सम्पन्न नहुने देखिएको छ ।

शाखा नहरको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्सनसँगको सम्झौता तोडिएपछि आयोजनाको काम समयमै सम्पन्न हुन नसक्ने देखिएको हो । पप्पुले निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सीमाभित्र झण्डै ७ प्रतिशत मात्रै काम गरेपछि आयोजनाले ठेक्का सम्झौता तोडेर कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार गरेको आयोजनाका डिभिजनल इञ्जिनियर प्रकाशबहादुर कार्कीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०६१/६२ मा निर्माण सुरु भएको आयोजना आव २०७६/७७ मा सम्पन्न गर्नुपर्ने समय सीमा रहेको छ ।  सिक्टा सिंचाइ आयोजनाका डिभिजनल इञ्जिनियर कार्कीले अब फेरि नयाँ ठेक्कामा जानुपर्ने भएकाले यसबाट विगतमा तोकिएको समय सीमामा काम सम्पन्न गर्न कठिनाई हुने बताउनुभयो ।

पप्पुसँगको सम्झौता तोडेपछि आयोजनाले अहिलेसम्म उसले सम्पन्न गरेको कामको मूल्यांकन गरिरहेको छ । सम्झौता हुँदा लिएको रकमभन्दा बढी रकम लिएको भए धलौटीबाट असुल गरिने र त्यसबाट पनि अपुग भएमा अन्य प्रक्रियाबाट असुल गरिने आयोजनाले जनाएको छ ।

नेपाल सरकार र साउदी कोषको लगानी रहेको शाखा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको भएपनि निर्माणमा ढिलाई हुँदा किसानका खेतसम्म पानी पुग्नेमा अनिश्चिता भएको छ ।

२० जुन २०१६ मा मा ८४० दिनमा निर्माण सम्पन्न गर्नेगरी पप्पुसँग निर्माण सम्झौता भएकोमा ठेक्का अवधी असोज २४ गते सम्पन्न भईसकेको छ । सम्झौता अनुसार,९८ करोड ८१ लाख १८ हजार रुपियाको लागत रहेकोमा पप्पुले आठ करोड रुपिया मोविलाईजेशन खर्च पाईसकेको छ ।  जम्मा लगानीमा साउदी कोषको लगानी ४५ प्रतिशत रहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया