वेस्ट इन्डिजका तीव्र गतिका बलर जोसेफ दुई खेलका लागि निलम्बनमा परे

 कात्तिक २३, २०८१ शुक्रबार १६:७:२२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

वेस्ट इन्डिजका तीव्र गतिका बलर अल्जारी जोसेफ दुई खेलका लागि निलम्बनमा परेका छन् ।

इङ्गल्यान्डसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनुशासन विपरीत कार्य गरेको भन्दै वेस्ट इन्डिज क्रिकेट बोर्डले जोसेफलाई दुई खेलका लागि निलम्बर गरेको क्रिकेटसम्बन्धी जानकारी दिने बेबसाइट क्रिकइन्फोले जनाएको छ ।

बार्बाडोसमा भएको खेलका क्रममा ‘फिल्डिङ पोजिशन’ लाई लिएर तीव्र गतिका बलर जोसेफले कप्तान शाई होपसँग विवाद गरेका थिए । कप्तानसँग असन्तुष्ट भएका जोसेफ आफ्नो ओभर पूरा गरेर मैदानबाहिर गएका थिए । जोसेफ केही समयपछि फेरि मैदानमा आएका थिए ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले उनको यो व्यवहारलाई अशोभनीय भनेको छ । जोसेफले आफ्नो यो व्यवहारका लागि माफी मागिसकेका छन् ।

इङ्गल्यान्डसँगको तेस्रो खेल जित्दै वेस्ट इन्डिजले एकदिवसीय शृङ्खला २–१ ले जितेको थियो ।

अन्तिम अपडेट: कात्तिक २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया