रुवीभ्यालीको शिरमा सुन्दर कालोदह (फोटोफिचर)

 मंसिर १, २०८१ शनिबार ११:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको रुवीभ्याली गाउँ नामले मात्रै होइन, ठाउँले पनि उत्तिकै सुन्दर छ । रुवीभ्यालीको शिरमा रहेको गणेश हिमाल श्रृङ्खलाले यो ठाउँको सुन्दरतालाई अझै चमक थपेको छ । गणेश हिमाल श्रृङ्खलामै पर्छ कालोदह र सेतोदह ।

सेतोदहमा हिउँदको बेला पानी हुँदैन, तर कालोदहमा सधैँ एकनासको पानी हुन्छ । रुवीभ्याली गाउँपालिकाको वडा नम्बर चारमा अवस्थित चार हजार मिटरभन्दा बढीको उचाइमा रहेको यो दहको नाम कालोदह रहे पनि छिनछिनमा पानी निलो गाढा देखिन्छ ।

मौसम सफा भएको बेलामा कालोदहको कञ्चन पानीमा गणेश हिमाल श्रृङ्खलाको छाया देखिन्छ । पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँजस्तै देखिने कालोदहको गणेश हिमाल श्रृङ्खलाको आकृतिले त्यहाँ पुग्ने सबैलाई मोहित बनाउँछ ।

बोन्पो धर्ममा विश्वास गर्ने धामीझाँक्रीले आफूलाई दीक्षित गर्ने क्रममा यो दहमा आएपछि मात्र आफ्नो शिक्षा पूरा हुने मानिन्छ । यहाँ जनै पूर्णिमाको बेलामा लामा झाँक्रीहरुले विशेष पूजा गर्छन् । गणेश हिमालको काखमा रहेको यो सुन्दर ठाउँ प्रचारको कमीले ओझेलमा परेको छ ।

 

 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया