एकाधिकार तोडियोस्, हामीले पनि विदेशबाट सुन ल्याउन पाउनुपर्छ : सुनँचादी व्यसायी

 जेठ २९, २०७५ मंगलबार १८:१५:८ | उज्यालो सहकर्मी

काठमाडौं – सुनचाँदी व्यवसायीले अब राष्ट्र बैंकले मात्र नभई व्यवसायीलाई पनि विदेशबाट सुन आयात गर्न दिनुपर्ने माग गरेका छन् ।

मौद्रिक नीतिको तर्जुमाको लागि नेपाल राष्ट्र बैंकले गरेको अन्तरक्रियामा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस्तो माग गर्नुभएको हो ।

‘सुन आयात र बिक्रि वितरणमा अहिले हामीले धेरै नै समस्या भोगिरहेका छौं, व्यवसायी पनि बदनाम भैरहेका छन्, यति ठूलो अर्बौको कारोबार गर्ने उद्योगले सुनचाँदी आयात पनि गर्न पाउनुपर्छ, सुनको पैठारीमा रहेको एकाधिकार अन्त्य गरेर प्रतिष्पर्धाका आधारमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्छ  र  सहज निर्यात गरेर नेपाली सीपलाई विश्वबजारसम्म पु-याउन पाउनुपर्छ’, महासंघका अध्यक्ष रमेश महर्जनले भन्नुभयो, ‘त्यस्तै उपभोक्तासँग भएको सुन सहज रुपमा बजारसम्म आउनको लागि मौद्रिक नीतिले व्यवस्था गर्न सक्नुपर्छ ।’

गरगहना उद्योगलाई पनि सेवामूलक र निर्यातमूलक उद्योगले पाए जस्तो प्रोत्साहन र छुट दिन पनि महासंघले माग गरेको छ । 


 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया