अण्डाको भाउ अहिलेसम्मकै उच्च

 पुष १३, २०८१ शनिबार १०:५१:२९ | रासस
unn.prixa.net

चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको भाउ अहिलेसम्मकै उच्च पाएका छन् । आजदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी अर्थात् ७ क्रेटको ३ हजार ६ सय रुपैयाँ र मझौलाको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका छन् । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल–कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले भाउ पनि बढेको हो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । खुद्रा उपभोक्ता मूल्य अब प्रतिगोटा २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

किसानको फार्ममा बूढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाइ छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया