बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
धनकुटा – साहित्यकार झमक घिमिरे यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) केन्द्रीय समितिले आज झमक घिमिरेकाे निवास धनकुटा नगरपालिका–६ कचिङ्डेमा पुगेर पुरस्कार प्रदान गरेकाे हाे ।
प्रलेस नेपालकी केन्द्रीय उपाध्यक्ष नमुना शर्मा तथा महासचिव देवी क्षेत्री दुलाललगायतले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभयाे । घिमिरेलाई २० हजार एक सय रुपैयाँ नगदसहित सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको छ ।
गएकाे असोजमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रलेस केन्द्रीय अध्यक्ष मधुसूदन गिरीको उपस्थितिमा पुरस्कारको घोषणा गरिएको थियो । प्रगतिशील वाङ्मयको उन्नयनमा उच्च योगदान पुर्याएका व्यक्तिलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गरिँदै आएकाे प्रलेस केन्द्रीय समितिकी उपाध्यक्ष शर्माले बताउनुभयाे ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले झमक घिमिरेको बारे धारणा राख्नुभएकाे थियाे । घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भई उपचाररत हुनुहुन्छ ।
घिमिरेले ‘जीवन काँडाकी फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएकाे छ । यस्तै उहाँले कविता बाल साहित्य प्रतिभा पुरस्कार (२०५५), अस्वीकृत विकार साहित्य पुरस्कार (२०५६), लैनसिंह वाङ्देल पुरस्कार (२०७२), प्रबल गोरखा दक्षिण बाहु चौथो लगायतका पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएकाे छ ।
झमक घिमिरेका सङ्कल्प, आफ्नै चित्ता, अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू लगायतका दर्जनौं कृति प्रकाशित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।