निर्मला हत्या प्रकरण : धर्नासँगै प्रशासन अगाडि कालो पट्टी बाँधेर बिरोध

 मंसिर १७, २०७५ सोमबार १२:४९:४० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरका महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा बस्दै आएको नागरिक संघर्ष समितिले सोमबारबाट आन्दोलनको स्वरुप परिवर्तन गरेको हो । 

२२ दिनदेखि परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले सोमबार कञ्चनपुरको जिल्ला प्रशासान कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । कार्यालय समयलाई लक्षित गर्दै ११ बजेदेखि ४ बजेसम्मका लागि प्रशासन गेट अगाडी विरोध प्रदर्शन गर्ने उनीहले बताएका छन् ।

निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी शारदा चन्दले बताउनुभयो । उहाँले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध जनाउने, १८ गते दिउँसै टर्च तथा लाल्टीन बालेर प्रदर्शन गर्ने र २० गते मानव साङ्लो बनाएर प्रदर्शन गर्ने बताउनुभयो ।

चन्दका अनुसार २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दबाव दिइनेछ । सरकारले आफूहरुको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरेर आन्दोलनका कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया