आजदेखि मनसुन सक्रिय हुने, गर्मी कम हुने अनुमान

 जेठ ३०, २०७५ बुधबार ७:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आजदेखि मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् । मौसमविद समिर श्रेष्ठले दिनुभएको जानकारी अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ । एक हप्तासम्ममा देशका सबै ठाउँमा मनसुन सक्रिय हुने उहाँले जानकारी दिनुभयाे । 

नेपालमा मनसुन प्रवेश गरेको ६ दिन बितिसक्दा समेत मनसुन सक्रिय नहुँदा गर्मी बढेको छ ।     जल तथा मौसम विज्ञान विभागले गएको जेठ २५ गते नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि दिउँसो घाम चर्कने र बदली हुने गरेको छ ।

क्षणिक बदली हुने र घाम लाग्नेक्रमले गर्दा बढी गर्मी भएको हो । तीन दिनसम्म काठमाडौँको अधिकतम तापक्रम ३१ देखि ३१.५ सेल्सियससम्म पुगेकामा हिजो ३० डिग्री सेल्सियसमा झरेको छ ।    नेपालगंज, धनगढी लगायत ठाउँमा भने तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने गरेको छ । आज दिउँसोदेखि धेरै ठाउँमा पानी पर्ने भएकाले गर्मी केही कम हुने जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया