काठमाडौंको आजको तापक्रम यो वर्षकै कम

 मंसिर २०, २०७५ बिहीबार ७:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको तापक्रम बिहीबार बिहान यो वर्षकै कम मापन गरिएको छ । बिहीबार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गएको २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको हो । 

जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो । विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपात हुनेछ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । पानी नपर्दा औद्योगित क्षेत्र भएका ठाउँमा प्रदुषण बढेको छ । 
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया