सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गरेको आरोप

 फागुन २४, २०८१ शनिबार १२:११:५० | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक अलावी समुदायका मानिसहरूको हत्या गरेको आरोप लागेको छ ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले अपदस्थ राष्ट्रपति बशिर अल–असदको गढ रहेको लताकिया क्षेत्रमा ‘क्षेत्रीय मृत्युदण्ड’ मा १ सय ६२ जना सर्वसाधारण मारिएका बताएको छ ।

‘एसओएचआर’ ले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार मारिनेमा १३ महिला र पाँच बालबालिका रहेका छन् । पूर्वराष्ट्रपति असद पनि अलावी समुदायबाट आएका हुन् । यद्यपि यी हत्याहरू सिरियाली नयाँ सरकारको फौजले गरेको हो वा होइन भन्ने पुष्टि हुन नसकेको बीबीसीको खबरमा उल्लेख छ ।

डिसेम्बरमा असदलाई अपदस्थ गर्ने सिरियाका नयाँ शासकहरूले पूर्वराष्ट्रपतिको गृहनगर कारदाहामा अहिले सैन्य कारबाही शुरू भइरहेको बताएका छन् ।

हिंसा शुरू भएदेखि आफ्नो पहिलो वक्तव्यमा देशका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सिरियाले अपदस्थ असद शासनका ‘अवशेषहरू’ लाई पछ्याउने र उनीहरूलाई मुद्दा चलाउने बताउनुभएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया