प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई हराउँदै गण्डकीको पहिलो जीत

 फागुन २७, २०८१ मंगलबार १५:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ ।

कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले ६ विकेट गुमाएर १ सय २८ बलअघि नै भेटायो । गण्डकीका दीपक डुम्रेले नटआउट ५० रन बनाए । कर्णालीका दिवान पुनले ३ विकेट लिए ।

यसअघि दाङको देउखुरी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २७ ओभर २ बलमा ९१ रनमा अलआउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २० रन बनाए । गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले २/२ विकेट लिए ।

प्रतियोगितामा याे गण्डकीको दुई खेलमा पहिलो जीत हो भने कर्णालीको दुई खेलमा पहिलो हार हो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया