प्रधानमन्त्री ओली र आन्दोलनरत शिक्षकहरुबीच छलफल
बैशाख ६, २०८२ शनिबार
पेरुको एक अदालतले पूर्वराष्ट्रपति ओलान्टा हुमालालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको छ ।
पूर्वराष्ट्रपति हुमालाले सन् २००६ र २०११ मा आफ्नो चुनावी अभियानका लागि ब्राजिलियन निर्माण कम्पनी ओडेब्रेक्टबाट अवैध रूपमा रकम स्वीकार गर्नुभएको लिमाको राजधानीमा रहेको अदालतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अदालतले हुमालाकी पत्नी नादिन हेरेडियालाई पनि १५ वर्षको जेल सजाय सुनाएको छ ।
६२ वर्षीय हेरेडियालाई ब्राजिलले शरण दिएको र त्यहाँ उहाँलाई छोरासँग यात्रा गर्न सुरक्षित हुने पेरुको विदेश मन्त्रालयले जनाएको छ । अभियोजकहरूले हुमालालाई २० वर्ष र हेरेडियालाई साढे २६ वर्षको जेल सजाय माग गरेका थिए ।
तीन वर्षभन्दा बढी समयसम्म चलेको मुद्दाको सुनुवाइपछि अदालतले मङ्गलवार लामो समयदेखि प्रतिक्षा गरिएको फैसला सुनाएको हो । हुमाला सन् २०११ देखि २०१६ सम्म पेरुको राष्ट्रपति रहनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।