आईपीएल क्रिकेटमा पञ्जाबले बेङ्गलुरुलाई ५ विकेटले हरायो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाण्डाैमा प्रदर्शन गरिरहेका छन् । सरकारको अनुरोधका बीच शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
शिक्षकहरूकाे प्रदर्शनका कारण काठमाण्डौको माइतीघर–बबरमहल सडक अवरुद्ध भएको छ । उनीहरूले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले गाडीको आवगमन प्रभावित भएको हो ।
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरूलाई काठमाण्डाैमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।
विद्यालयमा हडताल गरेर शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दा सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षणलगायतका सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।