८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार लगातार पाँचौं दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ७६ विन्दुमा झरेको छ ।
शेयर बजार ५ दिनमा ५४ अङ्कभन्दा धेरैले घटेको छ । आज जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर १ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ ।
आज मिथिला लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दोल्ती पावर कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका ९५ लाख ९९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।