नेपालमा सात हजार युनिट ईभी आयात पूरा गर्ने पहिलो कम्पनी बन्यो सिप्रदी ट्रेडिङ

 चैत ८, २०८१ शुक्रबार १०:३१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिप्रदी ट्रेडिङ नेपालमा सात हजार युनिट विद्युतीय कार (ईभी) आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ ।

भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले चार वर्षको अवधिमा सात हजार ८१ युनिट विद्युतीय कार आयात गरेको हो ।

कम्पनीले सन् २०२१ मा नेक्सन ईभी ल्याएर विद्युतीय एसयूभी बिक्री थालेको थियो । त्यसपछि कम्पनीले एस ईभी, एक्सप्रेस–टी, टिगोर ईभी, पन्च ईभी हुँदै कर्भ ईभीसम्मका उत्पादन बजारमा ल्याइसकेको छ ।

टाटाले यस दौरान नेक्सन ईभी, एक्सप्रेस–टी (ट्याक्सीको रूपमा), टियागो ह्याचब्याक र पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएर बिक्री गरेको हो । जसमा नेक्सन र टियागोको सफलता लोभलाग्दो देखिन्छ ।

केही महिना अगाडि मात्रै बिक्री शुरू भएको पन्च ईभी पनि बजारमा राम्रो सङ्ख्यामा उपलब्ध मोडल हो । त्यस्तै ईभीकै कारण टाटा नेपाली बजारमा टप ब्राण्ड बन्न सकेको देखिन्छ । 

सन् २०२३ मा पहिलो भएको कम्पनी २०२४ मा दोस्रो भयो । अहिलेसम्मको आयातमा पनि टाटा पहिलो स्थानमै छ ।

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया