बर्दियाको भुरीगाउँ खानेपानी उपभोक्ता संस्थामा झन्डै ५० लाख रुपैयाँ हिनामिना भएको दाबी

 चैत ८, २०८१ शुक्रबार १४:५९:५४ | भावुक योगी
unn.prixa.net

बर्दिया – ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ बजारको भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा झन्डै ५० लाख रुपैयाँ हिनामिना भएको दाबीसहित छानविन गर्न माग गरिएको छ  । संस्थाको आर्थिक पारदर्शिताबारे स्थानीयबासिन्दा जीवन शाहीको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति गठन भएको र समितिले ४९ लाख ५७ हजार सात सय ५९ रुपैँया हिनामिना भएको जनाएको छ ।

संयोजक शाही, सदस्यहरु गोविन्दप्रसाद आचार्य, अर्जुन भण्डारी, पन्चराम थारु र गणेश कुँवरसहितको छानविन समितिले २०७७ सालदेखि अहिलेसम्म झन्डै ५० लाख रुपैयाँ दाखिला नगरी हिनामिना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । रकम हिनामिनाको गुनासोपछि संस्थाका अध्यक्ष वेदप्रसाद भण्डारीसहितको कार्यसमितिले छानविन समिति गठन गरेको थियो ।

खानेपानी संस्थामा कार्यरत कर्मचारी रामबहादुर थारु आफूले आम्दानी र खर्च रेकर्ड नराखेको हुँदा हिसाब नमिलेको दाबी गर्नुहुन्छ । रकम हिनामिनाको सम्बन्धमा तत्काल लेखा परिक्षण गरी छानविन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाले सम्पूर्ण कागजात लिएर अनुसन्धान प्रकृया अघि बढाउने जनाएको छ । पर्सि आइतवारदेखि छानबिन तथा अनुसन्धान प्रकृया अघि बढाउने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया