संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकु...
चैत ८, २०८१ शुक्रबार
काठमाण्डौ – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आजको खेलमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । दाङको देउखुरी क्रिकेट मैदान लमहीमा आर्मीले गण्डकी प्रदेशलाई छ विकेटले हरायो ।
गण्डकीले दिएको एक सय १७ रनको लक्ष्य पछ्याएको आर्मीले २६ ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ३० ओभर तीन बलमा एक सय १६ रनमा अलआउट भयो । जीतसँगै दोश्रो स्थानमा रहेको आर्मीको सात खेलमा १२ अङ्क छ । समान खेलमा १४ अङ्क रहेको पुलिस तालिकाको शीर्ष स्थानमा छ ।
यस्तै आज सिद्धार्थनगर क्रिकेट रङ्कशालामा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको एपीएफले ३६ ओभर तीन बलमा सात विकेट गुमाएर भेट्टायो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४८ ओभर पाँच बलमा एक सय ९१ रनमा अलआउट भयो । यो जीतसँगै एपीएफ छ खेलमा आठ अङ्कसहित तेस्रो स्थानमा छ । सात खेल खेलेको सुदूरपश्चिम चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।
त्यसैगरी भैरहवाको एस्ट्राटेक क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ८१ रनले हराएको छ । कर्णालीले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको मधेस ३५ ओभर दुई बलमा अलआउट भयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ४९ ओभर एक बलमा दुई सय रनमा अलआउट भएको थियो । यो जीतसँगै कर्णाली सात खेलमा आठ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ । छ खेल खेलेको मधेस चार अङ्कसहित सातौं स्थानमा छ । प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित १० टोली छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।