नवलपरासीमा पानीको महत्त्व बुझाउन भजनकीर्तन
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – सिरहाको औरही गाउँपालिकाका अध्यक्ष र पूर्व वडाअध्यक्ष पक्राउपछि सुरक्षा सतर्कता बढाइएको छ । महायज्ञको नाममा घर भत्काइएको परिवारमा सुरक्षा चुनौतीपछि थप व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सुरक्षाका लागि दीपक मल्लिक डोमको परिवारलाई आवश्यक व्यवस्थासहित सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादव पक्राउ परेका हुन् ।
औरही गाउँपालिका–५ मा महायज्ञ लगाउने ठाउँमा दीपकको घर भत्काएको थियो । त्यहाँबाट दुई फिट माटो समेत फालिएको थियो । दलित परिवारलाई बस्नको लागि अलग्गै टहरो बनाइएको थियो । घटना सार्वजनिक भएपछि हिजो सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहाललाई गृहमन्त्रालय तानिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।