राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि : राष्ट्रपति

 चैत १०, २०८१ आइतबार १८:२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध स्राेत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताउनुभएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित प्रमुख कार्यहरू समेटी तयार पारिएकाे सरकारको नवाैं वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पाैडेलले यस्ताे बताउनुभएकाे हाे । उहाँले त्यसतर्फ तदारुकताका साथ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । पाैडेलले नेपालको संविधानको मूल मर्म र भावना एवम् राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘उपलब्ध स्राेत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै देशमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवम् विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारुकता आवश्यक छ ।’

राष्ट्रपति पौडेलले आउँदा दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व अनुसारका काम, कारबाही प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया