हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थ...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोजस्थान रोयल्सलाई २ सय ८७ रनको लक्ष्य दिएको छ ।
हैदराबादको राजीव गान्धी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन बनायो । हैदराबादका ईशान किशनले नटआउट १ सय ६ रन बनाए । यस्तै ट्राभिस हेडले ६७ रन बनाए । राजस्थानका तुषार देशपांडेले ३ विकेट लिए ।
आईपीएलमा यो दोस्रो ठूलो योगफल हो । यसअघि गएको वर्षको संस्करणमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँगको खेलमा हैदराबादले नै २ सय ८७ रन बनाएको थियो ।
आईपीएलमा अहिले बेलुकी पौने ८ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।