नेपालसँग पर्याप्त बिजुली छैन : इप्पान अध्यक्ष कार्की

 चैत १०, २०८१ आइतबार १८:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताउनुभएको छ ।

आज काठमाण्डाैमा अयाोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अहिले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भएको बताउनुभयो । साँच्चै लोडशेडिङमुक्त हुन घरसँगै उद्योगमा पनि नियमित बिजुली हुनुपर्ने उहाँको भनाइ छ ।

२८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने कुरामा आफूहरू अघि बढिरहेको भन्दै अध्यक्ष कार्कीले त्यो पूरा गर्न आफूहरूले २० वटा सुझाव मन्त्रालयलाई दिएको बताउनुभयो । उहाँले नेपाललाई समृद्ध बनाउने पाटो जलविद्युत् नै रहेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया