शुक्रवारको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ
चैत १६, २०८१ शनिबार
दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा पारी कम्तीमा २४ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
डढेलो फैलिँदै गएपछि २३ हजार जनाभन्दा धेरै मानिस घर छोडेर अन्यत्र गएका छन् । आगलागीबाट एक प्राचीन बौद्ध मन्दिर, घर, कारखाना र गाडीहरू जलेर नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।
यसैबीच आगो निभाउन परिचालन भएको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आगलागीबाट झन्डै १७ हजार हेक्टर जङ्गल नष्ट भएको र क्षेत्रफलको हिसाबले यो डढेलो दक्षिण कोरियाको इतिहासमा तेस्रो ठूलो बनेको बीबीसीको खबरमा उल्लेख छ ।
डढेलो निभाउन हजारौं अग्निनियन्त्रक र झन्डै पाँच हजार सैन्य कर्मचारी परिचालन गरिएको छ । साथै कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि प्रयोग भएका छन् ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले आगलागीको सङ्कट अझै गम्भीर रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।