नेपाल सुपर लिगमा पोखरा र धनगढीको खेल बराबरी

 चैत २८, २०८१ बिहीबार ६:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र पोखरा थन्डर्सले गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।

धनगढी तीन खेलबाट ५ अङ्कसहित तेस्रो स्थानमा छ । ५ खेल खेलेको पोखरा ४ अङ्कसहित पाँचौं स्थानमा छ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।

प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया