वर्षासँगै काठमाण्डौको वायु प्रदूषण अति अस्वस्थ अवस्थाबाट सुधार हुँदै

 चैत २८, २०८१ बिहीबार ९:५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण घटाएको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण निकै कम भएको छ ।

हावाहुरीसँगै परेको पानीले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।

वायुको गुणस्तर मापन गर्ने एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले काठमाण्डौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ११२ रहेको छ । आज बिहान एक्यूआई १९० भन्दा माथि थियो । लामो समयसम्म वर्षा नहुँदा काठमाण्डौको एक्यूआई झन्डै ३ सयभन्दा माथि पुगेको थियो ।

एक्यूआई शून्यदेखि ५० सम्म राम्रो, ५१ देखि एक सयसम्मको एक्यूआईलाई सचेत हुनुपर्ने, १०१ देखि १५० सम्मलाई अस्वस्थ, १५१ देखि २०० सम्मको एक्यूआईलाई झन् अस्वस्थ, २०१ देखि ३०० लाई धेरै अस्वस्थ र ३०१ देखि माथिको एक्यूआईलाई  खतरनाक मानिन्छ ।

काठमाण्डौ उपत्यकामा बिहान परेको पानीले प्रदूषण घटाएको हो । बिहानसम्म काठमाण्डौ विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेकोमा अहिले १४औं नम्बरमा झरेको छ । प्रदूषणसँगै तुवाँलो पनि हट्दै जाने मौसमविदले बताएका छन् ।

आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिमाली भेगमा हिमपातको पनि सम्भावना छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया