मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुशलगायतका वस्तुको निर्यात घटेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामलर धान, यातायातका उपकरण, गाडी तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।
अघिल्लो वर्षको यही अवधिमा निर्यातमा ४ प्रतिशतले र आयातमा २.७ प्रतिशतले कमी आएको थियो । आठ महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसैबीच फागुनमा महँगीदर चालु आर्थिक वर्ष लागेयताकै कम देखिएको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महँगीदर ३.७५ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । गएको आर्थिक वर्षको असार मसान्तमा ५.५७ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति त्यसयता मङ्सिरमा बढेर ६.०५ प्रतिशतसम्म पुगेको थियो ।
पुसयता लगातार घट्दो क्रममा देखिएकोमा फागुनमा चालु आर्थिक वर्षको न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।