अबदेखि मोबाइलमा अनावश्यक ‘रिङब्याक टोन’ र सन्देश नबज्ने

 चैत २९, २०८१ शुक्रबार ९:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबदेखि मोबाइलमा अनावश्यक ‘रिङ्गब्याक टोन’ र सन्देश नबज्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनावश्यक रिङब्याक टोन र सन्देशहरू नियन्त्रण गर्ने गरी नयाँ सूचना निकालेको छ ।

मन्त्रालयले हिजो निकालेको सूचनामा मन्त्रिपरिषद्बाट राष्ट्रिय दिवस वा राष्ट्रिय स्तरमा मनाउने भनेर निर्णय भएका विषयमा मात्र निःशुल्क रूपमा सीआरबीटी बजाउने अनुमति दिन सकिने उल्लेख छ ।

यस्तै विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्व सूचना वा जानकारीमूलक सामग्रीसहितका सन्देशहरू निःशुल्क बजाउन अनुमति दिन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस बाहेकका सूचना तथा सन्देशको हकमा भने शुल्क लिई सीआरबीटीको रूपमा बजाउन दिने वा नदिने निर्णय नेपाल दूरसञ्चार प्राधिकरणको हुनेछ ।

कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्था स्थापना दिवस, विशेष दिवस र ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, सन्देश, धुन तथा कुनै धर्म, जातजाति भौगोलिक क्षेत्र वा समुदायको चाड पर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित सन्देश वा शुभकामना वा त्यस सम्बन्धी धुनहरू सशुल्क बजाउने गरी प्राधिकरणले निर्णय गर्नेछ ।

यसअघि जुनसुकै निकाय तथा सङ्घसंस्थाले आफू अनुकूल रिङब्याक टोन बजाउने गरेको भन्दै ग्राहकले गुनासो गर्दै आएका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया