कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गर्नुभएको छ ।
आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा सांसद परियारले पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भए/नभएकोबारे सोध्नुपर्ने बताउनुभएको हो ।
सांसद परियारले तीनकुने घटनाबारे पूर्वराजा शाहलाई ‘तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ?’ भन्दै प्रश्न गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा अराजकता मच्चाउने छुट कसैलाई पनि नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद परियारले भन्नुभयाे, ‘पूर्वराजा ज्ञानेन्द्रलाई गएकाे फागुन २५ गते पोखराबाट फर्किने क्रममा नागरिकले जुन स्वागत गरे त्यो आवश्यक थियो कि थिएन ? १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न ? भन्नेबारेमा बुझ्न यो समितिमा बोलाऔँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।