कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डाै – गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले प्रसाईंसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।
चैत १५ गते तीनकुनेमा हिंसा भड्किएपछि फरार रहेका प्रसाईंलाई प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी बिहान झापाको भद्रपुर हुँदै जहाजबाट काठमाण्डाै ल्याइको हो ।
व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका हुन् ।
राजावादीहरूको प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको ज्यान गएको थियो । यस्तै दर्जनौं गाडीसहित र व्यक्तिगत तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
त्यही प्रदर्शनको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पनि अदालतले १५ दिन हिरासतमा राख्न चैत २६ गते म्याद थप गरेकाे थियो । मिश्र र जबरामामाथि राज्यविरद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।