निःशुल्क पाउने स्वास्थ्य सेवा सम्बन्धी विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक

 चैत ३०, २०८१ शनिबार ८:४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा पाउने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ ।

निःशुल्क पाउने सेवा, सेवा पाउने लक्षित समूह, सेवा पाउने ठाउँलगायतका विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।

वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि समेटिएको छ । सरकारलेसरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ ।

यसैगरी, मिर्गौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क उपलब्ध हुन्छ ।

यसका लागि सेवा प्राप्त गर्ने ठाउँको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत वेबसाइटमा राखिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलले नागरिकले पाउने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेपछि मन्त्रालयले वेबसाइटमा विस्तृत विवरण खुलाएको हो ।

निःशुल्क प्राप्त हुने स्वास्थ्य सेवाबारे जानकारी हेर्नुहोस्  : 

निःशुल्क प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा सम्बन्धी उपचारको विवरण  

 विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने सिकलसेल एनिमिया सम्बन्धी उपचारको विवरण 

 विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने हेड इन्जुरी सम्बन्धी उपचारको विवरण  

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने जलन सम्बन्धी उपचारको विवरण  

 विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने अल्जाइमर रोग उपचारको विवरण  

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने स्पाइनल इन्जुरी उपचारको विवरण  

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने पार्किन्सन्स रोग उपचारको विवरण  

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने क्यान्सर सम्बन्धी उपचारको विवरण  

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने मिर्गौला रोग सम्बन्धी उपचारको विवरण  

विपन्न नागरिकका लागि निःशुल्क प्राप्त हुने उपचारको विवरण  

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया