माधव नेपाल र बाबुराम भट्टराईविरुद्धकाे मुद्दा हेर्दाहेर्दैमा
बैशाख ४, २०८२ बिहिबार
सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१ मा जङ्गली हात्तीले मकैबालीमा क्षति गरेको छ । तीन वटाको सङ्ख्यामा मकैबालीमा छिरेका जङ्गली हात्तीले धनबहादुर पाँडे, अशोक विमली, मदन मैनाली, बिन्देश्वर रामलगायतका किसानको बाली नष्ट गरेको हरिपुर–१ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिनुभयो ।
दिउँसोमा जानकीनगर जङ्गलमा बस्ने जङ्गली हात्ती रात परेपछि बस्तीमा छिरेर मकै खाने र बाली कुल्चिएर नष्ट पार्ने गरेको स्थानीय किसान धनबहादुर पाँडेले बताउनुभयो । हात्तीले दुःख दिन थालेपछि किसानले तत्काल हात्ती नियन्त्रणका लागि पहल गर्न सबडिभिजन वन कार्यालय जानकीनगरमा अनुरोध गरेका छन् । जङ्गली हात्ती समाउन सहज नभएको र सजग रहन अनुरोध गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
जङ्गली हात्तीले नोक्सान पुर्याएको बालीको क्षतिपूर्ति पाउनुपर्ने पीडित किसानको माग छ । बासस्थानमा जाने क्रममा जङ्गली हात्तीले बाटोमा परेका अन्नबाली नोक्सान गरे पनि ती हात्तीलाई नजिस्काउन डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।