माधव नेपाल र बाबुराम भट्टराईविरुद्धकाे मुद्दा हेर्दाहेर्दैमा
बैशाख ४, २०८२ बिहिबार
विद्यालय जान प्रतिबन्धपछि अफगानी बालिकाहरू कम तलब हुने गलैँचा बुन्ने काम गर्न बाध्य भएका छन् । तालिबान सरकारले महिला र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएपछि उनीहरू काबुलमा रहेको गलैँचा बनाउने कार्यशालामा काम गरिरहेका बीबीसीले जनाएको छ ।
गलैँचा बनाउने काम गर्नेहरूमा १९ वर्षीया सालेह हसनी पनि हुनुहुन्छ । आफूहरूलाई विद्यालय जान नदिइएकोले गलैँचा बनाउने कार्यशालामा आउनुपरेको उहाँले सुनाउनुभएको खबरमा उल्लेख छ ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि १२ वर्षभन्दा माथिका बालिकाहरूलाई शिक्षा प्राप्त गर्नबाट र महिलाहरूलाई धेरै जागिरबाट प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा कर्मचारीको सङ्ख्यामा महिलाहरूको उपस्थिति केवल १९ प्रतिशत रहेकोमा तालिबान शासनकालमा यो सङ्ख्या अझ घटेको छ ।
अवसरको अभाव, देशले सामना गरिरहेको नाजुक आर्थिक अवस्थाले गर्दा धेरै गलैँचा बुन्ने काममा लागेका हुन् । तालिबान सरकारले महिलाहरूलाई काम गर्न अनुमति दिने केही पेशाहरूमध्ये यो एक हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार झन्डै १२ लाखदेखि १५ लाख अफगानीको जीविकोपार्जन गलैँचा बुन्ने उद्योगमा निर्भर छ । यो उद्योगमा काम गर्नेहरूमा झन्डै ९० प्रतिशत हिस्सा महिलाहरूको छ ।
तालिबानले इस्लामिक मूल्य मान्यताहरूसँग पाठ्यक्रम मिलाउनेजस्ता आफ्ना चिन्ताहरू समाधान भएपछि बालिकाहरूलाई विद्यालय फर्कन अनुमति दिने बारम्बार बताउँदै आएको छ । तर अहिलेसम्म यसमा प्रगति भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।