लगातार दोस्रो दिन बढेर शेयर बजार २ हजार ७०० विन्दु नजिक
बैशाख ३, २०८२ बुधबार
भारत र पाकिस्तानमा गर्मीयामको प्रारम्भिक अवस्था मै तापक्रम अप्राकृतिक रुपमा बढेको छ । बढेको गर्मीको लहरले कतिसम्मको तापक्रम वृद्धिलाई मानिसले सहन सक्छ भन्ने क्षमताको परिक्षण गर्ने विज्ञहरुले बताएका छन् ।
भारत र पाकिस्तानमा बसोबास गर्ने करोडौं मानिसका लागि गर्मीयामको तापक्रम शुरूकै महिनामा सहन गाह्रो भइरहेको सीएनएनले जनाएको छ ।
दुवै देशले ‘मे’ र ‘जुन’ महिनामा गर्मीयामको सबैभन्दा धेरै तापक्रमको अनुभव गर्छन्, तर यस वर्षको गर्मी मौसम सामान्य भन्दा चाँडै आएको छ र यो लामो समयसम्म रहने अनुमान गरिएको छ ।
तापक्रम वृद्धिले मानिसको स्वास्थ्यसँगै ऊर्जा आपूर्ति, महत्त्वपूर्ण बाली र जीविकोपार्जनमा ठूलो दबाब दिइरहेको छ ।
त्यहाँको मौसम विज्ञान विभागका अनुसार यो हप्ता दुवै देशमा तापक्रम अझै खतरनाक स्तरमा पुग्ने प्रक्षेपण गरिएको खबरमा उल्लेख छ ।
यो हप्ता पाकिस्तानको बलुचीस्तानमा अधिकतम तापक्रम ४९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । यो तापक्रम औसतभन्दा ८ डिग्री बढी हो ।
यस्तै दिल्लीमा यो महिना तीन पटक ४० डिग्री सेल्सियस नाघेको छ । यो औसतभन्दा ५ डिग्री बढी भएको मौसम विभागले जनाएको छ । यस्तै राजस्थानको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।