प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
बैशाख १०, २०८२ बुधबार
काठमाण्डाै – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनङ्कित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीसहितले आज विज्ञप्ति निकालेर आफूहरूले उठाएका माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनको घोषणा गर्नुभएको हो ।
वैशाख १२ गतेदेखि माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सङ्घीय निजामती सेवा विधेयकमा नेकपा (माओवादी केन्द्र) ले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले 'कुलिङ पिरियड', अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राख्नुभएको हो ।
अहिले 'कुलिङ पिरियड' एक वर्ष राख्ने गरी विधेयकको प्रतिवेदन तयार भएकोमा पाण्डेले कम्तीमा दुई वर्ष राख्नुपर्ने बताउनुभएको छ । यस्तै अतिरिक्त सचिव राख्ने व्यवस्था राखेकोमा त्यो आवश्यक नरहेको र भेटेरेनरीमा आठौं तह राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।