आजदेखि दुई नयाँ चलचित्र ‘भुठानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ र ‘खेल’ प्रदर्शनमा

 वैशाख १२, २०८२ शुक्रबार ११:४४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्रहरू ‘भुठानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ र ‘खेल’ आजदेखि एकसाथ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘भुटानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ प्रवासी भूटानीको कथा र नेपाली निर्देशक विनोद पौडेलको निर्देशनमा आधारित छ ।

चलचित्रले एक वृद्ध भूटानी अमेरिकी पात्र विष्णुको यात्रा र उनको परिवारसँगको भावनात्मक द्वन्द्वलाई प्रस्तुत गर्दछ ।

चलचित्रमा अमेरिकी अभिनेता ब्रुस डर्न र नेपाली कलाकार हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामालगायतका कलाकारहरूको अभिनय छ ।

त्यस्तै ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन् ।

यो चलचित्र नेपाल, भारत र अमेरिकामा छायाँकन गरिएको हो र नेपालका प्रमुख सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ । 

अर्को चलचित्र ‘खेल’ एक रहस्य र थ्रिलर चलचित्र हो जुन नेपाली लोक कथामा आधारित छ । चलचित्रमा तीनजना साथीहरूको कथा देखाइन्छ जसले पुरानो छात्रावास फर्किएपछि अनौठो र डर लाग्दो घटनाहरूको सामना गर्छन् ।

चलचित्रमा सुरक्षा पन्त, हेना नगरकोटी, समापिका गौतम, र मोनिका थापाजस्ता कलाकारहरूले मुख्य भूमिका निभाएका छन् ।

अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रले नेपाली सिनेमा जगतमा नयाँ अनुभव दिन्छ भन्ने दाबी गरिएको छ ।   
 

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया