अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपालका सोहन र हृदयणील...
बैशाख १४, २०८२ आइतबार
काठमाण्डौ – आज दिउँसोपछि प्रि–मनसुनी प्रणाली फेरि सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसममा बदली भएको मौसमविद्ले बताएका छन् । यसको प्रभावले आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
आज दिउँसोपछि मधेश र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
कोशी र गण्डकीका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान छ । पानी पर्याे भने बढ्दो तापक्रमबाट केही राहत पुग्नेछ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा उच्च गर्मीले जनजीवन प्रभावित हुँदै आएको छ । केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ ।
घरबाट निस्कँदा छाता या ओत बोक्न, चर्को घाम लागेका बेला घरबाहिर ननिस्किन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञको सल्लाह रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।