अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भ्याटिकनमा भेटवार्ता

 वैशाख १४, २०८२ आइतबार ९:५०:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नचाहेको बताउनुभएको छ ।

युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भ्याटिकनमा भएको भेटमा राष्ट्रपति ट्रम्पले पुटिन शान्ति सम्झौतामा इच्छुक छन् वा छैनन् भन्ने प्रश्न उठाएको बताएको सीएनएनले उल्लेख गरेको छ ।

पोप फ्रान्सिसको अन्त्येष्टि समारोह शुरू हुनु केही अगाडि उहाँहरुबीच छोटो भेट भएको हो । पछिल्लो यो भेट गएको फेब्रुअरीमा ह्वाइट हाउसमा भएको विवादपछिको ट्रम्प र जेलेन्स्कीबीचको पहिलो प्रत्यक्ष भेटसमेत हो ।

फेब्रुअरीमा भएको अमेरिका–युक्रेन विवादपछि केही समयका लागि हतियार आपूर्ति तथा गुप्तचर जानकारीको आदानप्रदानसमेत रोकिएको थियो ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा ट्रम्पसँगको राम्रो भेटका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले युक्रेनी नागरिकको जीवन रक्षा, पूर्ण र बिना सर्त युद्धविराम र दीगो शान्तिको सम्भावनामा यो प्रतीकात्मक भेट रहेको उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया