काठमाडौंको आजको तापक्रम यो वर्षकै कम, तीन डिग्री सेल्सियसमा झर्‍याे

 मंसिर २९, २०७५ शनिबार ७:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । गएको बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भएको थियो । यो प्रणाली कमजोर भैसकेकाले शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका हुन् । 

मौसम खुला भएपछि न्यूनतम तापक्रम भने घटेर चिसो बढ्नेछ । शनिबार बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रबार ३ दशमलव २ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शनिबार अझै घटेको हो । दिउँसो उपत्यकाको तापक्रम १९ देखि २१ डिग्रीसम्म पुग्ने मौसमविद् मन्जु बासीको अनुमान छ । दिउँसो देशभरीकै मौसम सफा भए पनि राति भने पूर्वको मौसम आशिंक बदली हुने संभावना रहेको उहाँले बताउनुभयो ।

मौसमविद् बासीका अनुसार बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आइतबार र सोमबार पूर्व र मध्य क्षेत्रको मौसम बदली हुनेछ । सामान्यतया राति बादल लागे बिहान न्यूनतम तापक्रम बढ्छ र खुल्ला भए बिहान न्यूनतम तापक्रम बढ्छ । मौसम खुला हुँदा जमिन चिसिने भएकाले बिहानको तापक्रम घट्ने मौसमविद्को भनाइ छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया