मौसममा आंशिक बदली, पश्चिमी पहाडी भूभागमा पानी पर्न सक्ने

 पुष १२, २०७५ बिहीबार ७:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिमसहित पहाडी भूभागको मौसम आशिंक बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबार पहाडी भूभागको मौसम खुल्ने संभावना कम छ । यस्तै, पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्नुका साथै उच्च हिमाली भेगमा हिमपात हुने उहाँको अनुमान छ । 

आजै बेलुकीदेखि नै मौसममा सुधार आउने भए पनि दिउँसो पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । 

बुधबार १ दशमलव ५ डिग्रीमा झरेको काठमाडौंको न्युनतम तापक्रम आज ६ दशमलव २ डिग्री पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया