काठमाडौंको न्युनतम तापक्रम १ डिग्री सेल्सियस

 पुष १५, २०७५ आइतबार ८:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आइतबार बिहान काठमाडौंको न्युनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौँ उपत्यकाका धेरै ठाउँमा कुहिरो लागेको छ ।

तापक्रम घटेकाले चिसो बढेको र कुहिरो पनि लागेको महाशाखाले जनाएको छ । आकाश खुलेपनि चिसो बढेकाले कुहिरो लागेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो मौसम सफा हुनेछ । 

पूर्व र मध्यका केही हिमाली भेगमा हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया