विश्वकप फुटबल: फ्रान्सलार्इ प्रविधिकाे साथ

 असार २, २०७५ शनिबार १७:४४:३९ | उज्यालो सहकर्मी

विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुवात गरेको छ ।

शनिवार भएको समुह सीको खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले हराउँदै ३ अंक जोडेको हो ।

फ्रान्सलाई जिताउन एण्टेनियो ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । ८० औ मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलमा पोग्बाले गरेको गोल नै निर्णायक भयो । उनले जिरोउडको पासमा गोल गरेका थिए ।

खेलको ५८ औ मिनेटमा फ्रान्सका लागि एण्टेनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर त्यसको ३ मिनेटमै अष्ट्रेलियाले पेनाल्टीमै बराबरी गोल फर्काएको थियो । 

 

विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेण्ट रेफ्री भीएआर र गाेललाइन प्रविधि प्रयोग गरियो ।

५७ औं मिनेटमा अष्ट्रेलियाका जोशुआ रिस्डनले एण्टोन ग्रीजम्यानलाई लडाएपछि भीएआर प्रविधिबाट पुष्टि गर्दै रेफ्रीले पेनाल्टी दिएका थिए ।

८० अाैं  मिनेटमा पाेग्बाकाे प्रहार गाेल भए नभएकाे पुष्टि गर्न गाेललाइन प्रविधि प्रयोग गरियो र त्यसले गाेल भएकाे पुष्टि गरेपछि फ्रान्स २-१ ले विजयी भएकाे हाे ।

बेलुकी ९ : ४५ मा समूह सी कै डेनमार्क र पेरुका बीच खेल हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया