१६ दिनदेखि वडाध्यक्ष बेपत्ता

 पुस १८, २०७५ बुधबार ९:४:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाँखाची – हराएको १६ दिनसम्म  पनि अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) फेला पर्नु भएको छैन । 

उहाँको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ति बगैचामा रहेको सीसीटीभी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेरिएको र अन्य संयन्त्रसमेत प्रयोग गरेर खोजी भैरहेको तर पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज  मल्लले बताउनुभयो । 

पुस २ गते मालारानी –२, डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क जानुभएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन हुनुभएको हो   गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ जानुभयो भन्ने बारेमा थाहा हुन नसकेको र खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो  । 

भुसाल बेपत्ता भएको कुरा अर्को ३ गते नै प्रहरी, प्रशासनमा जानकारी गराई खोजबिन गरेको र नभेटिएकोले खोजी गरिदिनुहुन उहाँका दाजु जीवलाल भुसालले आग्रह गरेका छन् । निज विनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइलसमेत बसमा खसालेकोले मोबाइल बस चालकमार्फत घरमा ल्याइसकिएको छ । 

सन्धिखर्कदेखि गोरुसिंगेसम्मको झण्डै ३ घण्टाको समयमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र श्रीमतीसमेतले फोन गर्दासम्म वडाध्यक्ष विनोदले फोन नउठाएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयो ।  

वडा सचिव गंगाराम चौधरी बिदापछि घरबाट फर्केर सन्धिखर्क आएपछि मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको र पुस ४ गते पुनः  गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको स्वीकृतिबिना नै हुलाकमार्फत १३ गतेसम्मको बिदाको निवेदन पठाएर घरतर्फ लागेकोले  सचिव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायव उपरीक्षक नवराज मल्लले  सोधपुछ गरेका छन । घटनामा सचिवको कुनै संलग्नता नदेखिएकोे प्रहरीको भनाइ छ । 

वडाध्यक्ष भुसालको खोजीका लागि सम्पूर्ण संयन्त्र प्रयोग गरिएको र अनुसन्धान समेत भैरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो । 

भुसाल तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको चुनावमा मालारानी–२, बाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया