आर्थिक समृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यम जिम्मेवार बन्नुपर्छ: मुख्यमन्त्री राई

 पुस २७, २०७५ शुक्रबार २०:३५:५ | सन्ताेष रुचाल

धनकुटा – नेपालको राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यमलाई जिम्मेवार बन्न प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले आग्रह गर्नुभएको छ । 

प्रेस काउन्सिल नेपालले धनकुटामा आयोजना गरेको श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएकाे हाे । 

सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रेस काउन्सिलले बनाएका कानुनलाई पालना गर्न जोड दिंदै पत्रकारलाई जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । यस्तै, प्रदेश सरकार श्रमजीवी पत्रकारमैत्री हुने दावी गर्दै श्रमजीवी सञ्चारमाध्यमलाई सम्बोधन गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

मिडियाको दुरुपयोग गरेर समाजलाई प्रदूषित गर्ने काम भइरहेको भन्दै उहाँले त्यस्ता कार्यप्रति जिम्मेवार पक्षको गम्भीर ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयाे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले देशमा आमूल परिवर्तन नभइसकेकोले पहिलाको नियमबाट अबको पत्रकारिता चल्न नसक्ने विचार व्यक्त गर्नुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया