हराएको एक महिनामा पनि भेटिएनन् वडाध्यक्ष

 माघ ४, २०७५ शुक्रबार १०:५६:२३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – मालारानी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) हराएको एक महिना पुगेको छ । तर उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन । 

गएको पुस २ गते मालारानी २ डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए । 

गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारे अहिलेसम्म थाहा हुन सकेको छैन । भुसाल बेपत्ता भएको अर्को दिन ३ गते नै प्रहरीमा जानकारी गराइ खोजी गर्न सुरु गरिएको थियो । 

भुसालले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएका थिए । त्यसपछि भुसाल गोरुसिंगेतर्फ लागेका थिए । मोबाइल बसमा खसालेकोले मोबाइल बस चालकले घरमा ल्याइदिएका छन् । प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।

गोरुसिंगेबाट उनको मोबाइल ल्याउने बस चालक, तथा मोबाइल पुर्याउनेसहित तीन जनालाई प्रहरीले निगरानीमा राखेको तथा अन्य सम्यन्त्र प्रयोग गरेर खोजी भैरहेको प्रहरीले बताएको छ । हराएको एक महिना बित्दा पनि उनको अवस्था के छ भनेर पत्ता लाग्न सकेको छैन ।  
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया