धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ – आज विश्व क्यान्सर दिवस, ‘म हूँ र म गर्छु’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । अस्तव्यस्त खानपान र जीवनशैलीका कारण नेपालमा क्यान्सर रोगको जोखिम बढ्दै गएको छ ।
क्यान्सर हुने कारणमा ४० प्रतिशत खाना तथा रहनसहन, ३० प्रतिशत सुर्तीजन्य पदार्थको कारण र बाँकी भाइरसको कारणले हुने गरेको डाक्टरले बताएका छन् ।
नेपालमा अहिले ६५ हजार जनालाई क्यान्सर भएको अनुमान छ भने क्यान्सरका कारण नेपालमा बर्सेनि १५ हजार जनाको ज्यान जाने गरेको छ ।
चुरोट बिँडी, खैनी तम्बाकु, गुट्का जस्ता सुर्तीजन्य पदार्थ नखाने, तौल सन्तुलनमा राख्ने, फलफूल तथा तरकारी प्रशस्त खाने गरेमा क्यान्सरको जोखिम कम गर्न सकिने डाक्टरले बताएका छन् ।
यस्तै, पछिल्लो समय क्यान्सर रोग विरुद्ध लड्न विरामीको आत्मविश्वास बढाउने खालका कार्यक्रम पनि हुन थालेका छन् । उपचारसँगै हौसला र आत्मविश्वासले क्यान्सरलाई जित्न सकिने डाक्टरले बताउँदै आएका छन् ।
यस्तै क्यान्सर पीडितले क्यान्सर लागेर जीवन नसकिने बरु नयाँ जीवनको सुरु भएको बताएका छन् ।
बिरामीको हौसला बढाउने उदेश्यले आज नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले ललितपुरको जावलाखेलमा गरेको कार्यक्रममा क्यान्सर पीडितले खानपनमा ध्यान दिने हो भने पहिल कै अवस्थामा फर्कन सकिने बताए ।
कार्यक्रममा शम्भुबहादुर भण्डारीले क्यान्सरलाई जितेर नयाँ जीवन पाएको बताउनुभयो । उहाँलाई ३० वर्ष अगाडि क्यान्सर भएको थियो ।