पञ्चमी बजारकाे पिउने पानीको समस्या डीप बोरिङ प्रविधिबाट समाधान गरिँदै

 माघ २२, २०७५ मंगलबार १४:४२:१४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम र पाँचथरको सिमानामा पर्ने घुर्बिसे पञ्चमीमा पानीको समस्या समाधान गर्न डीप बोरिङ् प्रविधिको योजना सुरु भएको छ । 

गाउँका बस्ती दिनदिनै बजारीकरणमा परिणत हुदै जाँदा पिउने पानीको समस्या बढ्दै गएकाले समाधानका लागि बोरिङ प्रविधिको योजना सुरु गरिएको हो । 

समुन्द्री सतहदेखि करिब एक हजार नौ सय मिटर उचाइमा रहेको घुर्बिसे पञ्चमी बजारमा पानी निकाल्न गरिएको परीक्षण सफल भएको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राईले जानकारी दिनुभयो । उहाँका अनुसार, चार दिनको लामो प्रयासपछि दुई सय ६५ मिटर गहिराइसम्म बोरिङ गरेर ६० एमएम पाइपमा आउने पानी निकालिएको हो । 

इलामको फाकफोकथुम गाउँपालिकाको १५ लाख र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको १४ लाख गरी २९ लाख रुपैयाँको संयुक्त लगानीमा यस कामको थालनी गरेको उपभोक्ता समिति अध्यक्ष तेजबहादुर चेम्जोङ्ले जानकारी दिनुभयो । 

चेम्जोङ्ले भन्नुभयो, ‘अहिले पानी तान्ने मोटर जडान गर्न थ्री फेज विद्युतको लाइन विस्तार प्रक्रियाको काम भइरहेको छ ।’ अबको एक साताभित्रमा पानी सञ्चालन गरिने समितिको भनाइ छ । अहिले काम गरिरहेको पाथीभरा सोलार एण्ड डिलिङ्ग कम्पनीले १० वर्षसम्म आउने समस्याको जिम्मा लिएर काम गरिरहेको छ । 

बोरिङ् प्रविधि सञ्चालन भएपछि फाकफोकथुमको तीन सय घर र फाल्गुनन्दको दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । पानी प्रतिघर चार लिटरका दरले वितरण गरिने पनि जनाइएको छ । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया