नहरमा डुबेर नाबालिकाको ज्यान गयाे

 माघ २३, २०७५ बुधबार १९:२८:५४ | शुभनारायण यादव

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका–६, ढिकलीमा कोशी नहरमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ ।

ण्स्थानीय आनन्दी यादवकी २ वर्षीया छोरी अन्जली कुमारी यादवको घर नजिकै रहेको कोशी नहरमा खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बालिकाको शवलाई राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरेपछि परिवारको जिम्मा लगाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया