प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
अछाम - अछाम जिल्लामा आएकाे असिनापानीका कारण बालीनालीमा क्षति पुगेको छ ।
बिहीबार राति र शुक्रबार गरेर आएकाे असिनापानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएकाे हाे । असिनापानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको छ ।
पानी पर्दा बालीनाली सप्रिने भन्दै खुसी लागेको भए पनि असिनाले हिउँदे बालीमा क्षति पुर्याउँदा मर्का परेकाे मंगलसैन-६ का किसान नन्दाराम भण्डारीले बताउनु भयो । ‘असिनाले बारीमा लगाएकाे प्याज, काउली, लसुन, धनियाँ, पालुंगो, आलु बाली तथा फलफुल खेती र तोरी बालीमा क्षति पुर्यायाे,’ उहाँले भन्नुभयाे, ‘लगाएकाे खेती जम्मै क्षति पुर्याएपछि अब के खाने भन्ने समस्या हुने भयाे ।’
वर्षे बाली जंगली जनावरले क्षति गर्ने र हिउँदे बाली असिनाले नष्ट गरेपछि किसान भोकमरीको चिन्तामा परेकाे मंगलसैन नगरपालिका वडा नम्बर-६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।
असिनापानीले क्षति पुगेका कृषकलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने पनि उहाँले बताउनुभयाे । राहतका लागि शुक्रबार नै वडा कमिटी काे बैठक बसेर नगरपालिका, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय गरेको पनि अध्यक्ष भण्डारीले बताउनुभयाे ।
त्यस्तै अछामकाे मेल्लेख गाउपालिका वडा नम्बर-६ शोडषामा हावाहुरीले ७ वटा घरमा क्षति पुरयाएको छ । स्थानीय नृप विक, लाल विक, ध्वज बहादुर खडका, शोभादेवी कडायत लगायतकाे घरमा क्षति पुर्याएको छ भने नवज्योति आधारभूत विद्यालयको समेत पर्खाल भत्काएको स्थानीय तेज बहादुर विकले जानकारी दिनुभयो ।
अछाम जिल्लाकाे अधिकांश ठाउँमा असिना परेको छ । असिनाका कारण खेतबारी सेताम्मे देखिएको छ ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।