आज राति र भाेलि बिहान पानी पर्ने, दिउँसाेदेखि खुल्दै जाने माैसमविदकाे भनाइ

 माघ २५, २०७५ शुक्रबार १९:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डै - शुक्रबार देशका धेरै ठाउँमा बिहानदेखि नै पानी परेको छ । केही ठाउँमा मेघगर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन्. ।

अहिले धेरै ठाउँमा पानी पर्न रोकिएको पनि राति फेरि पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब लगातार झरीको सम्भावना भने छैन ।

शनिबार बिहान पनि देशका धेरै क्षेत्रमा पानी पर्ने तर दिउँसोदेखि मौसम खुल्दै जाने पाैडेलले बताउनुभयो । आइतबार भने देशभरकै मौसम सफा भइ घाम लाग्ने अनुमान गरिएको छ ।

यसैबीच पानी र हिमपात भएसँगै देशभरकै जनजीवन प्रभावित भएको छ । विशेषगरी भूकम्प प्रभावित जिल्लामा अस्थाई टहरामा बसेकालाई थप समस्या भएको छ ।

तर आलु, काउली, बन्दा, गहुँलगायतको बालीलाई यो वर्षाले राम्रो हुने र उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । डाक्टरले भने चिसोले शरीरको रक्तसञ्चारमा असर पुग्ने भन्दै न्यानो लुगा लगाउन, मनतातो खाना खान, तातो पानी पिउन, खाली खुट्टा नहिँड्न, कानमा हावा पस्न नदिन, बालबालिकालाई तातो ठाउँमा राख्न तर एक्लै भने नछोड्न सुझाव दिएका छन् ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया