मन्तव्य राख्दै गर्दा बेहाेस भएका गाउँपालिका अध्यक्षकाे निधन

 माघ २६, २०७५ शनिबार १८:०:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ ।

शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस हुनुभएको थियो । ७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने तयारी हुँदै गर्दा निधन भएको हो ।

उहाँलाई उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

 

याे पनि पढ्नुहाेस् 

मन्तव्य राख्दा राख्दै गाउँपालिका अध्यक्ष बेहोस, अवस्था गम्भीर

अन्तिम अपडेट: चैत २२, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया