इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको ज्यान गयो
कात्तिक २२, २०८१ बिहिबार
हिरो महिला फुटबलको फाइनल खेलकाे दाेस्राे हाफकाे ६३ औं मिनेटमा म्यानमारले नेपालविरुद्ध ३-१ काे अग्रता बनाएकाे छ ।
यसअघि खेलकाे ५२ औं मिनेटमा म्यानमारकी ७ नम्बारकी खेलाडीले डी बक्स नजिकैबाट प्रहार गरेकाे बल नेपालकी कीपरले राेक्न नसकेपछि म्यानमारले २-१ काे अग्रता बनाएकाे थियाे ।
त्यस्तै, उपाधिका लागि भएकाे खेलकाे पहिलाे हाफकाे ३४ औं मिनेटमा म्यानमारले पहिलाे गाेल गरेकाे थियाे । लिग चरणमा नेपाललाई ३-० ले पराजित गरेकाे म्यानमार फाइनलमा पनि निकै बलियाे देखिनुका साथै उसकाे बल नियन्त्रण पनि नेपालकाे तुलनामा निकै राम्राे थियाे ।
तर, पहिलाे हाफकाे इन्ज्युरी समयमा नेपालकी मञ्जली याेन्जनले गाेल गर्दै १-१ गाेलकाे स्थितिमा पुर्याइन् ।
खेल सुरु हुनुभन्दा पहिले नेपाल र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सीआरपीएफका जवानहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।